साेमवार स्थानीय वायुकाे प्रभावले पहाडी भेगमा केही स्थानमा सामान्य वर्षाकाे सम्भावना
साेमवार स्थानीय वायुकाे प्रभावले पहाडी भेगमा केही स्थानमा सामान्य वर्षाकाे सम्भावना
    • Bell Sanchar

    • २ जेष्ठ २०७९, सोमबार

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

साेमवार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश  र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशका थोरै  स्थानहरुका साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, प्रदेश नं १ र  गण्डकी   प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम समान्यता सफा रहनेछ। प्रदेश नं १, मधेश प्रदेश र  गण्डकी  प्रदेशका थोरै स्थानहरुका साथै बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साताकाे चर्चित
सम्बन्धित