कुन दलको पकड कति ? स्थानिय निर्वाचन २०७९ मा
कुन दलको पकड कति ? स्थानिय निर्वाचन २०७९ मा
    • Bell Sanchar

    • २ जेष्ठ २०७९, सोमबार

गत बैशाख ३१ गते भएको स्थानिय तह निर्वाचनको मतगणना जारी छ । देशका केहि पालिकाहरुको भने अन्तिम नतिजा सार्वजनिक भैसक्यो ।

निर्वाचन मतपरिणामको अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसले अध्यक्ष पदमा ४८ स्थानमा बिजयी र २५२ थानमा अगाडी छ । यस्तै, उपाध्यक्षमा ५१ स्थानमा बिजयी भएको छ र २ १३ स्थानमा अग्रता कायम गरेको छ ।
यसैगरी नेकपा एमाले प्रमुख/ अध्यक्षमा ४५ थानमा जित र १४३ स्थानमा अग्रता लिएको छ ।  उपाध्यक्षमा एमालेली ३८ सिट जितेको छ र १७२ स्थानमा अग्रता लिएको छ ।

नेकपा माओवादी अध्यक्षमा २५ ठाउँमा बिजयी भएको छ र ९१ स्थानमा अगाडी छ।  उपाध्यक्षमा १८ स्थामा जितेको माओवादीले ११३ स्थानमा अग्रता लिएको छ ।

यसै गरि, जनता समाजवादीले २-२ स्थानमा जित हाँसिल गरेको छ।  जनता समाजवादी र अन्य दलहरुले २२ स्थानमा उपाध्यक्ष पदमा बिजयी भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित