काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो आज सम्मको चुनावी मतपरिणाममा
काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो आज सम्मको चुनावी मतपरिणाममा
    • Bell Sanchar

    • २ जेष्ठ २०७९, सोमबार

स्थानीय चुनावको मतगणना चलिरहँदा नेपाली काँग्रेसले सबैभन्दा बढी पालिकामा जीत हासिल गरेको छ । काँग्रेसले ४८ पालिका जितेको छ ।

नेकपा एमाले ४५ पालिका जितेर दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्र २४ पालिका जितेर तेस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादी २ पालिका जितेर चौंथो स्थानमा छ । स्वतन्त्र तथा अन्यले २ पालिका जितेका छन् ।

मतगणना चलिरहेको काँग्रेस २५२ पालिकामा अगाडि छ । एमाले १४३, माओवादी ९२, नेकपा एस १८, जसपा २९ र लोसपा ११ स्थानमा अगाडि छन् । अन्य दल तथा स्वतन्त्र २५ स्थानमा अगाडि छन् ।

काँग्रेसले ५१ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । एमालेले ३८, माओवादीले १८, एसले ५, जसपाले २ र अन्यले २ उपप्रमुख तथा उपाध्यक्ष जितेका छन् ।

साताकाे चर्चित
सम्बन्धित