भोलीदेखि बजेट अधिवेशन, प्रधानन्यायाधीश चोलेन्द्र माथिको महाअभियोगको प्रस्ताव बजेटपछि मात्रै छलफल
भोलीदेखि बजेट अधिवेशन, प्रधानन्यायाधीश चोलेन्द्र माथिको महाअभियोगको प्रस्ताव बजेटपछि मात्रै छलफल
    • बेल संचार

    • २ जेष्ठ २०७९, सोमबार

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गरे । सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मंगलबार (भोली)देखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गरेका हुन् ।

उनले आफ्नो कुराकानी नभएपनि कानुनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताए । सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरुका बीचमा समझदारी बन्ने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले बजेट अधिवेशन मुल रुपमा बजेटमै केन्द्रीत हुने बताए । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताए ।

उनले सर्वसम्मत् भइसकेको विधेयकहरुलाई अगाडी बढाउनका लागि राजनीतिक दलहरुका बीचमा समझदारी भएमा त्यसलाई अगाडी बढाउन संसद सचिवालय तयार रहेको स्पष्ट पारे ।

संघीय संसदको बजेट अधिवेशन मंगलबार अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरिएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित