रेनु दाहालको अग्रता कायमै भरतपुर महानगरपालिकामा
रेनु दाहालको अग्रता कायमै भरतपुर महानगरपालिकामा
    • Bell Sanchar

    • ३ जेष्ठ २०७९, मंगलवार

भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन् ।

१७ हजार ३४ मत गणना रेनुले ५ हजार ७१८ मत पाएकी छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ६८८ मत पाएका छन् । उनी रेनु दाहालभन्दा ३० मतले पछाडि छन् ।

प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् ।

उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ९८२ मतका साथ अग्रस्थानमा छन् । राप्रपाकी हिमला गुरुङले ४ हजार ६२८ मत पाएकी छन् ।

महानगरको वडा नम्बर ४ को अध्यक्षमा काँग्रेसका अर्पण पोखरेल २ हजार ४९९ मतसहित विजयी हुँदा एमालेका भानुभक्त सापकोटाले एक हजार ६३३ मत पाए ।

साताकाे चर्चित
सम्बन्धित