सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ
सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ
    • Bell Sanchar

    • ४ जेष्ठ २०७९, बुधबार

नेकपा एमालेका सांसद मोहन बानियाँका कान्छा छोरा पेस्तोलसहित पक्राउ परेका छन् ।

खत्याड गाउपालिका वडा नं ७ माझचौरमा सांसद बानियाँका कान्छा छोरा अर्पण बानियाँ ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् ।

मंगलवार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार प्रहरी नायव निरीक्षक जुन बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको हो ।

कार्यालयका अनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ । उनलाई भोलि नै जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान गरि हातहतियार कसुर सम्बन्धि कानुन बमोजिमको मुद्दा अगाडि बढाइने प्रहरीको भनाइ छ ।

सांसद मोहन बानियाँ जबरजस्ती करणी अभियोगमा पक्राउ परी पाँच लाख रूपैयाँ धरौटीमा छुटेका थिए ।

साताकाे चर्चित
सम्बन्धित