चौधरी फाउन्डेसनको सहयोग कान्ति बाल अस्पतालको आकस्मिक कक्षलाई
चौधरी फाउन्डेसनको सहयोग कान्ति बाल अस्पतालको आकस्मिक कक्षलाई
    • Bell Sanchar

    • ४ जेष्ठ २०७९, बुधबार

कान्ति बाल अस्पतालमा चौधरी फाउन्डेसनले निर्माण गरेको आकस्मिक कक्ष बुधबार अस्पताललाई हस्तान्तरण गरिएको छ ।  आकस्मिक कक्षको निर्माणमा विनोद चौधरीकी श्रीमती ‘सारिकादेवी चौधरीको विशेष योगदान छ ।  त्यसैले यसको नामसमेत ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ राखिएको छ ।

बुधबार अस्पतालमा आयोजित एक समारोहकाबीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गर्नुभएको हो । फाउण्डेसनद्वारा १४ शैयाको इमरजेन्सी वार्ड विस्तार गरी २५ शैयाको निर्माण गरिएको छ । उक्त अवसरमा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा.डा.युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गर्दै भविष्यमा थप सेवा र सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो।

आकस्मिक कक्ष हस्तान्तरण समारोहमा बोल्दै फाउण्डेसनका महासचिव सारिका देवी चौधरीले आफू आमा
भएको कारण आफ्ना सन्तान बिरामी पर्दा आमालाई हुने पिडा बुझेकाले नै यो काम गरेको बताउनुभयो ।

फाउण्डेसनले इमरजेन्सी वार्डको पुनः संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटर लगायतका सामाग्री पनि उपलब्ध गराएको छ। फाउण्डेसनले इमरजेन्सी वार्डलाई निः शुल्क वाइफाई जोन पनि बनाएको छ । यसका लागि सिजी नेटको इन्टरनेट जडान गरिएको छ ।

आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रूपैयाँ रहेको चौधरी फाउन्डेसनले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित