कसको पकड कति ? ५३५ पालिकाको अन्तिम मतपरिणाम
कसको पकड कति ? ५३५ पालिकाको अन्तिम मतपरिणाम
    • Bell Sanchar

    • ५ जेष्ठ २०७९, बिहीबार

स्थानिय निर्वाचन २०७९ अन्तर्गत हालसम्म ५३५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १५५ वटा नगरपालिका र ३८० वटा गाउँपालिका गरी ५३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

कुन दललको पकड कति ? 

हामसम्मको मतगणनाअनुसार नेपाली कांग्रस २४२ पालिकामा जित हाँसिल गरेर पहिलो स्थानमा छ । कांग्रेसले ८१ नगरपालिकाको मेयर र १६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

यस्तै कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र १६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २२७ पालिका जितेको हो । कांग्रेसले २ हजार १९२ वटा वडाध्यक्ष पद जितेको छ ।

४६ वटा नगरपालिकाको मेयर र १०३ वटा गाउँपालिकाको अध्यक्ष गरी १४९ वटा पालिकाको प्रमुख पद जितेको नेकपा एमाले दोस्रो स्थानमा छ ।

एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, १०१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १५८ वटा जितेको छ । एमालेले एक हजार ७१५ वटा वडाध्यक्ष जितेको छ ।

नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १०२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १०८ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९१९ वटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर जितेको छ । जनता समाजवादी पार्टीले १३ वटामा र अन्यले २५ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका छन् । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले ६, जनता समाजवादी पार्टीले ११ र अन्यले २५ वटा पालिकामा जितेका छन् ।

यीबाहेक स्वतन्त्रलगायत अन्य दलहरुले प्रमुखमा १० स्थान, उपप्रमुखमा ७ स्थान, अध्यक्षमा १८ र उपाध्यक्षमा १९ स्थानमा जित हाँसिल गरेको छ ।  अन्य दलहरुले वडाध्यक्ष पदमा ४७६ स्थानमा निर्वाचित भएको छ ।

साताकाे चर्चित
सम्बन्धित