जितको खुशियाली मनाउँदै गर्दा गन्न बाँकी मतपेटिका भेटिएपछि
जितको खुशियाली मनाउँदै गर्दा गन्न बाँकी मतपेटिका भेटिएपछि
    • Bell Sanchar

    • ५ जेष्ठ २०७९, बिहीबार

सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा मतपेटिका छुटेपछि पुन: मत गणना गर्नुपर्ने खबर आएपछि सिंह अचम्ममा परेका छन् । यो खबर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीले गरेको थियो ।

बर्दिबास नगरपालिका, महोत्तरीको वडा नम्बर ८ को वडाध्यक्षमा माओेवादी केन्द्रका समसेर सिंहले  निर्वाचित भए ।  निर्वाचित भएको खुशियालीमा बिजयोत्सव मनाएपछि एउटा मतपेटिका गन्न छुटेको खबर आयो ।

वडाध्यक्षमा विजयी भएका समसेरले ७५१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर किङरिङ मगरले ७४४ मत ल्याएका थिए ।

साताकाे चर्चित
सम्बन्धित