यो वर्षको मनसुनबाट १७ लाख मानिस प्रभावित हुनसक्ने
यो वर्षको मनसुनबाट १७ लाख मानिस प्रभावित हुनसक्ने
    • Bell Sanchar

    • १२ जेष्ठ २०७९, बिहीबार

d]nDrLsf] ejg 9fn]/ aufP l;Gw'kfNrf]s, !& ;fpg M zlgjf/ /fltb]lv cfPsf] af9Ln] /]l8of] d]nDrLsf] ejg 9fn]/ aufP . t:jL/ M b]j/fh ;'j]bL÷/f;;

नेपालमा यसपालिको मनसुनबाट  झन्डै १७ लाख मानिस प्रभावित हुन सक्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने भन्दै प्राधिकरणले सजग गराएको छ ।

यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तो प्रभाव खासगरी तराई क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ विविसीले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि जुन १३ तारिख (जेठ ३० गते) को छेकोमा मनसुन सुरु भएर अक्टोबर महिनाको २ तारिख (असोज १६ गते) आसपासमा सकिने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले यसपाली औसतदेखि औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित