जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त भेटिएको छ। मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान नजिक विमान टुक्रा टुक्रा अवस्थामा फेला परेको हो ।
विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरिक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका थिए। हालसम्म दूर्घटनास्थलबाट १४ जनाको शव संकलन गरिसकिएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
आइतबार पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।
सन् २०१४-फेब्रुअरीमा पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको थियो। २०१६ फेब्रुअरीमा पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त हुँदा २३ जनाको मृत्यु भएको थियो। त्यसको ५ वर्षपछि फेरि पोखराबाट जोमसोमका लागि उडेको तारा एअरकै विमान दुर्घटनाग्रस्त भएको छ। जसमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए। यी घटनाले पोखराबाट पहाडी क्षेत्रमा उड्ने जहाज बारम्बार दुर्घटनामा पर्ने गरेको देखाउछ। यी सबै दुर्घटनाको कारण खराब मौसम नै थियो। हुन त अन्य ठाउँमा पनि मौसमका कारण थुप्रै दुर्घटना भएका छन्। तर अन्यत्रको तुलनामा जोमसोम जाने जहाज बढी दुर्घटना देखिएको छ।
नेपालको भौगोलिक विविधाले मौसमी विविधता पनि जोडिएको छ । त्यसैले एक ठाउँको मौसमी सूचनाले सबै ठाउँमा काम गर्देन । विशेष गरी हिमाली तथा पहाडी क्षेत्रमा उडान भर्दा मौसमी सूचना अति आवश्यक हुन्छ । तर पनि अहिलेसम्म हामीकहाँ आन्तरिक उडानका लागि जहाज उड्ने र अवतरण गर्ने धावन मार्गको मात्र मौसम सम्बन्धी सूचना हुन्छ । विच बाटोको मौसम सूचना हुँदैन। यस किसिमको सूचना नहुँदा हवाइ उडान अनुमानको भरमा गर्नुपर्ने हुन्छ । यसले गर्दा प्राय: दुर्घना हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अधिकारीहरु पनि आन्तरिक उडानमा पर्याप्त मौसम सम्बन्धी सूचना दिन नसकिएको स्वीकार गर्छन् । यस किसिमको सूचना आवश्यक भएकाले यसका लागि तयारी गरिरहेको विभागको भनाइ छ ।
नेपालमा जहाज दुर्घनाह अन्य कारणले पनि भएका छन् । तर अधिकांश दुर्घटना मौसमकै कारण भएका छन् । यी दुर्घटनाबाट पाठ सिकेर नेपालले इनरुट मौसम सूचना उत्पादन र वितरण गर्न आवश्यक देखिन्छ । यसका लागि विभाग एक्लैले गर्ने भन्दा सरकारको ध्यान जान आवश्यक छ ।
नेपालमा सन् १९४९ मा पहिलो चोटि विमान अवतरण गरेको थियो। त्यसपछि विमान र हेलिकप्टरका दर्जनौँ ठूलासाना दुर्घटनामा सयौँको ज्यान गएको छ। कमजोर पूर्वाधार, प्रतिकूल मौसम र उडानसम्बन्धी निर्देशिकाको पूर्णरूपमा पालना हुन नसक्दा पटक पटक हवाई दुर्घटना हुने गरेको ।
नेपालमा सन् २००६ देखि हालसम्म झन्डै १८ वटा ठुला हवाई दुर्घटना भइसकेका छन। जसमा लगभग २४५ जनाले ज्यान गुमाएका छन। दुर्घटनाको प्रमुख कारण मौसमको खराबी नै रहेको छ।
यस्ता छन नेपालमा भएका ठुला हवाई दुर्घटना