तारा एयरको दुर्घटनाग्रस्त जहाजका सबै यात्रुको शव फेला परेको छ ।
जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शवमध्ये १० जनाको शव माउन्टेन एयरको २ वटा हेलीले थासाङको कोवाङमा ल्याएको छ।
कोवाङमा ल्याइएका १० वटै शवको कानुनी प्रक्रिया र मुचुल्का गर्ने काम भइसकेको र अब १५ मिनेटभित्र कोवाङबाट काठमाडौं लैजाने तयारी भइरहेको छ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १० :१० मिनेटमा सम्पर्कविहीन भएको थियो । जहाज थासाङको मानापाथी हिमाल स्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । जहाजमा चालक दलका ३ सदस्य र १९ यात्रु थिए।