जनता र लोकतन्त्रको लागि घातक पालैपालो ६ महिने मन्त्री बनाउनु : भीम रावल
जनता र लोकतन्त्रको लागि घातक पालैपालो ६ महिने मन्त्री बनाउनु : भीम रावल
    • बेल संचार

    • २३ जेष्ठ २०७९, सोमबार

नेकपा एमालेका नेता भीम रावलले सत्ताको लागि कतिपय दल तथा दलका नेताहरू निर्वस्त्र मैदानमा देखिएको टिप्पणी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले आइतवार मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम पठाएसँगै नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सोमवार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो काम लोकतन्त्रका निम्ति घातक भएको समेत जनाएका छन् ।

उनले लेखेका छन्,‘ अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसँग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थ साधन गर्न नेपालका कतिपय दल र नेता निर्वस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो ।

उनले देश र जनताको निःस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनुपर्ने समेत औंल्याएका छन् ।

साताकाे चर्चित
सम्बन्धित