थाइल्याण्डले नेपाललाई जितको लागि ९० रनको लक्ष्य दियो   
थाइल्याण्डले नेपाललाई जितको लागि ९० रनको लक्ष्य दियो   
    • बेल संचार

    • २४ जेष्ठ २०७९, मंगलवार

आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन् । त्यस्तैैैैै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन् ।

नेपालको मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई/दुई विकेट लिइन् भने स्नेहा महराको नाममा एक विकेट रह्यो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।

साताकाे चर्चित
सम्बन्धित