काठमाडौंको फोहोर व्यवस्थापनबारे दीगो समाधान खोज्नुपर्छ : गगन थापा
काठमाडौंको फोहोर व्यवस्थापनबारे दीगो समाधान खोज्नुपर्छ : गगन थापा
    • बेल संचार

    • २४ जेष्ठ २०७९, मंगलवार

नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनबारे सबै मिलेर दीगो समाधान खोज्नु पर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले विदेशका केही अभ्यासको प्रसंग जोड्दै काठमाडौंको फोहोर व्यवस्थापनबारे सबै मिलेर दीगो समाधान खोज्नु पर्ने बताएका हुन् ।

त्यस्तै सांसद थापाले यसअघि गरिएका वाचा पूरा गर्न पहल गर्नुपर्ने बताउँदै सिसडोल र बन्चरेडाँडाका जनतासँग गरिएका वाचा पूरा गर्न अर्बौं रकम आवश्यक पर्ने बताए । तरपनि आगामी वर्षको बजेटबाटै केही रकम त्यसका लागि छुट्याउन सकिने सांसद थापाको भनाइ छ ।

त्यस्तै सांसद थापाले फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले हालै गरेका पहलको प्रसंसा गर्दै पछिल्लो समय देखिएको समस्याबारे जानकारी दिन आग्रह पनि गरेका छन् । उनले विवाद र सवाल जवाफ गर्न भन्दा पनि काठमाडौंको फोहोर व्यवस्थापनमा कस्ता समस्या कहाँ देखिए ? भन्नेबारे जानकारी गराइदिन आग्रह गरे ।

सांसद थापाले पछिल्लो समय सिसडोलवासीसँग फोहोर फाल्न सहमति भएको तर, मंगलबार (आज) विहानै स्थानीयले फोहोर फाल्न नदिएको बारेपनि संसदमा बताएका थिए ।

साताकाे चर्चित
सम्बन्धित