हङकङलाई ४-० ले हराउँदै भारत एसिया कपमा
हङकङलाई ४-० ले हराउँदै भारत एसिया कपमा

त्यसपछि ८५ औं मिनेटमा मनविर सिंहले टोलीका लागि तेस्रो गोल गरे। इन्जुरी समयमा पण्डितले गोल गर्दै भारतलाई ४-० को फराकिलो जित दिलाए।

    • Bell Sanchar

    • १ असार २०७९, बुधबार

समूहको अन्तिम खेलमा हङकङलाई ४–० को फराकिलो अन्तरले हराउँदै भारत सतप्रतिशत जितसहित एएफसी एसियन कप २०२३ मा छनोट भएको छ।

एसियन कप तेस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा गए राति भारतलाई सहज जित दिलाउन कप्तान सुनिल क्षेत्री, अन्वर अली, मनविर सिंह र इसान पण्डितले समान १-१ गोल गरे।

खेलको दोस्रो मिनेटमै अलीले भारतलाई सुरूआती अग्रता दिलाएका थिए। यस्तै, पहिलो हाफको इन्जुरी समयमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।

त्यसपछि ८५ औं मिनेटमा मनविर सिंहले टोलीका लागि तेस्रो गोल गरे। इन्जुरी समयमा पण्डितले गोल गर्दै भारतलाई ४-० को फराकिलो जित दिलाए।

जितसँगै भारत समूह ‘डी’ को शीर्ष स्थानमा रहँदै एसिया कपमा सोझै छनोट भएको छ। उत्कृष्ट उपविजेता भएको हङकङ पनि एसिया कपमा छनोट भएको छ।

भारतले समूहका तीन खेलबाट नौ अंक जोड्यो। पहिलो खेलमा कम्बोडियालाई २–० ले हराएको भारतले दोस्रो खेलमा अफगानिस्तानलाई २–१ ले पन्छायो।

साताकाे चर्चित
सम्बन्धित