काठमाडौँ,
समान पहुँच नेपालको बुधबार भवन शिलान्यास गरिएको छ।
नागार्जुन नगरपालिका वडा नम्बर १० घ्याम्पेकुवा स्थित कृयापुत्रि भवन परिसर भित्र समान पहुँच नेपाल काे (याेगा तथा तालिम हल) भवन शिलान्यास गरिएको हो।
काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्ताेष बुढाथोकी प्रमुख आतिथ्यमा भवन शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो।
भवन निर्माण कार्य आगामी चालु आर्थिक वर्षभित्रै गरिने समान पहुँच नेपालकी अध्यक्ष सविता खड्का (सानुमैया) बताउनुभयो।
भवनको कुल अनुमानित लागत ६४ लाख रहेको छ।
मिति २०७९/०३/०१ गते बुधबारका दिन बिहान 8/30 बजे घ्याम्पेकुवा स्थित कृयापुत्रि भबन परिसर भित्र समान पहुँच नेपाल काे (याेगा तथा तालिम हल)भबन (माननीय केशब पाेखरेल ज्युकाे पहलमा बिनियाेजित बजेट) सिलान्यास कार्यक्रम काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख श्री सन्ताेष बुढाथोकी काे प्रमुख आतिथ्यमा भब्य रूपमा सम्पन्न भयो ।
जस्मा कार्यक्रम संचालन सान्ता बस्याल ले गर्नु भएको थियो