पाख्रीबार र अमरगढी नगरपालिकालाई समान १ करोड ५० लाख सहयोग गर्ने, काठमाडौं महानगरपालिकाले
पाख्रीबार र अमरगढी नगरपालिकालाई समान १ करोड ५० लाख सहयोग गर्ने, काठमाडौं महानगरपालिकाले

आइतबार आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त रकम छुट्टाएको बताएका हुन्। 

    • बेल संचार

    • ५ असार २०७९, आईतवार

काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका नगरपालिकालाई अनुदान दिने भएको छ।

डडेलधुराको अमरगढी नगरपालिका र धनकुटाको पाख्रीबास नगरपालिकालाई ऐतिहासिक तथा पर्यटन पूर्वाधार सुधार र विकासका लागि दुबै नगरपालिकालाई समान १ करोड ५० लाख रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ।

आइतबार आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त रकम छुट्टाएको बताएका हुन्।

यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकालाई विपद व्यवस्थापनका लागि क्रमशः २ करोड ५० लाख र ५० लाख रकम उपलब्ध गराउने भएको भएको छ।

साताकाे चर्चित
सम्बन्धित