प्रतितोला रु ४०० ले घट्यो सुनको मूल्य  
     प्रतितोला रु ४०० ले घट्यो सुनको मूल्य  
    • Bell Sanchar

    • ८ असार २०७९, बुधबार

काठमाडौँ, ८ असार (रासस) ः
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९७ हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।
–––

साताकाे चर्चित
सम्बन्धित