आरजु राणा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा बसेर चियापान
आरजु राणा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा बसेर चियापान

पछिल्लो समय युवाको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने

    • Bell Sanchar

    • ८ असार २०७९, बुधबार

प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवास्थित द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी छन् ।

कालीगण्डकी नदि खोँचमा नदी देखि  २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा देउवाले नेपाली काङ्ग्रेसका नेता अर्जुन जोशी लगायत कार्यकर्तासँगै  बसेर आनन्द लिएकी हुन् ।

पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन्। जुस वा कफि सहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिब्यक्ति दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ ।

पछिल्लो समय युवाको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने उद्देशले स्काइ क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।

साताकाे चर्चित
सम्बन्धित