धनगढी उपमहानगरपालिका
सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ८३ करोड ८९ लाखको बजेट ल्याएको छ । आठौं अधिवेशनको दोश्रो बैठकमा उपमेयर कन्दकला रानाले प्रस्तुत गरेका बजेटमा चालुतर्फ १ अब ३ करोड १९ लाख ७० हजार र पुजीगततर्फ ८० करोड ७० लाख ६२ हजार रहेको छ ।
आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट चालु आर्थिक बर्षको बजेट भन्द १ करोड ७ लाखले बढी छ । धनगढी उपमहानगरपालिकाले चालु आवमा १ अर्ब ८२ करोड ८२ लाखको बजेट पारित गरेको थियो । उपमहानगरपालिकाले आन्तरिक आयबाट २६ करोड, राजश्व बाडफाडबाट ४७ करोड २९ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण (संघीय सरकार)बाट ९६ करोड ४८ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण (प्रदेश सरकार)बाट ३५ करोड ३४ लाख र मौज्दातबाट १० करोड हुने अनुमान गरेको छ ।