लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत  

संवैधानिक व्यवस्थाबमोजिम मन्त्री कोइरालाले आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८ पेश गर्नुभएको हो ।

    • Bell Sanchar

    • १२ असार २०७९, आईतवार

काठमाडौँ,
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

संवैधानिक व्यवस्थाबमोजिम मन्त्री कोइरालाले आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८ पेश गर्नुभएको हो । बैठकमा अहिले राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित