सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन 
    सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन 

गत जेठमा मात्र जडीबुटी ल्याउने ठेक्का भएको थियो । ठेक्का सम्झौता भने हुने क्रममा रहेको उहाँले सुनाउनुभयो ।         

    • Bell Sanchar

    • १२ असार २०७९, आईतवार

काठमाडौँ, 
सिंहदरबार वैद्यखाना विकास समितिले चालु आर्थिक वर्षमा लक्ष्यको करिब एक तिहाइ मात्र औषधि उत्पादन गरेको छ । चालु आवमा ४५ हजार ८१२ किलोग्राम औषधि उत्पादनको लक्ष्य राखेकामा १४ हजार ६३८ केजी मात्र उत्पादन गर्न सकिएको उत्पादन शाखा प्रमुख डा हरिदेवप्रसाद यादवले राससलाई जानकारी दिनुभयो । यो लक्ष्यको ३१.९६ प्रतिशतमात्र हो ।

यो वर्ष जडीबुटी ल्याउन ठेक्का ढिला भएकाले पनि कम औषधि उत्पादन भएको हो । गत जेठमा मात्र जडीबुटी ल्याउने ठेक्का भएको थियो । ठेक्का सम्झौता भने हुने क्रममा रहेको उहाँले सुनाउनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ मा ५७ हजार ८२७ केजी औषधि उत्पादनको लक्ष्य थियो । गत आवमा पनि लक्ष्यको २३.२८ प्रतिशत अर्थात् १३ हजार ४६३ केजीमात्र औषधि उत्पादन भएको थियो । गत वर्ष भने ठेक्का गरेर जडीबुटी भण्डारमा भए पनि कोरोनाको प्रभावका कारण पनि कम उत्पादन भएको जनाइएको छ । चालु आर्थिक वर्षमा २३ लट अर्थात् १२ हजार ७५ केजी च्यवनप्राश बनेको छ । एक लटमा ५२५ केजी हुने पनि उत्पादन शाखा प्रमुख यादवको भनाइ छ ।
–––

साताकाे चर्चित
सम्बन्धित