मंगलबार रातिबाट सातै प्रदेशमा भारी वर्षा हुने सम्भावना, सतर्कता अपनाउन अनुरोध
मंगलबार रातिबाट सातै प्रदेशमा भारी वर्षा हुने सम्भावना, सतर्कता अपनाउन अनुरोध

यस वर्षको मनसुन प्रणाली जेठ २३ गते नेपालको प्रदेश नं १ मा आगमन भई असार १२ बाट देशैभर फैलिएको भट्टराईले जानकारी दिए।

    • Bell Sanchar

    • १३ असार २०७९, सोमबार

देशैभरि मनसुन फैलिएसँगै मंगलबार रातिबाट सातै प्रदेशमा भारी वर्षा हुने मौसमविदहरूले जानकारी दिएका छन्।

मौसमविद् हिरा भट्टराईका अनुसार आज दिनभर झरी पर्ने छ। भोलि रातिबाट ठूलो पानी पर्ने र यो क्रम बिहिबारसम्म रहनेछ।

‘आजदेखि काठमाडौं उपत्यकासहित मुलुकभर हल्का पानी परिरहने र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना छ’, मौसमविद् भट्टराईले सेतोपाटीसँग भने, ‘आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्दैन। साँझ ठूलो पानी पर्नसक्छ, भोलि रातिदेखि बिहिबारसम्म ठूलो पानी पर्ने सम्भावना छ।’

भट्टराईका अनुसार मंगलबारदेखि बिहिबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आईपुग्ने सम्भावना भएकोले मनसुन थप सक्रिय हुने भएको हो।

उनले प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए।

‘मंगलबारदेखि बिहिबार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही ठूलो पानी पर्ने सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ’, उनले भने।

यस वर्षको मनसुन प्रणाली जेठ २३ गते नेपालको प्रदेश नं १ मा आगमन भई असार १२ बाट देशैभर फैलिएको भट्टराईले जानकारी दिए।

उनले बिहिबारपछि पनि सबै प्रदेशमा मध्यम वर्षा/झरी र थोरै स्थानहरुमा भारी वर्षा भइरहने जानकारी दिए।

मंगलबार देखि बिहिबारसम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित