श्रीलंकामा तेलको हाहाकार, अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक
श्रीलंकामा तेलको हाहाकार, अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक

तेल आपूर्ति सकिएसँगै सरकारले कर्मचारीलाई घरबाटै काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ।

    • Bell Sanchar

    • १४ असार २०७९, मंगलवार

आर्थिक संकटमा फसेको श्रीलंकाले आगामी जुलाई १० सम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवाका लागि इन्धन बिक्रीमा रोक लगाएको छ।

सोमबार मध्य रातदेखि स्वास्थ्य, कानून व्यवस्था, ढुवानी, विमानस्थल, खाद्यान्न र कृषि सेवाले मात्र इन्धन आपूर्ति पाउनेछन्।

समाचार संस्था एएफपीका अनुसार सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले आज रातीदेखि अत्यावश्यक सेवाहरू बाहेक कसैलाई पनि इन्धन आपूर्ति नगरिने बताएका हुन्।

‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन, किनकि हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं’, सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले भने।

अभावका लागि उनले उपभोक्तसँग माफीसमेत मागेका छन्। ‘यसबाट आम सर्वसाधारणमा पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दर्छो’, उनले भने।

तेल आपूर्ति सकिएसँगै सरकारले कर्मचारीलाई घरबाटै काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ।

स्कुल र कलेजहरू बन्द हुनेछन्।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएपछि अहिलेसम्मकै चरम आर्थिक संकट सामना गरिरहेको छ। इन्धन, खाद्यन्न र औषधिजस्ता अत्यावश्यक उत्पादन आयतका लागिसमेत रकम तिर्न सकेको छैन।

साताकाे चर्चित
सम्बन्धित