रूपन्देहीमा कतै डुबान, कतै सडक अवरूद्ध
रूपन्देहीमा कतै डुबान, कतै सडक अवरूद्ध

पालिकाहरूले स्थानीयवासीलाई सतर्क रहने आग्रह गरेका छन्।

    • Bell Sanchar

    • १४ असार २०७९, मंगलवार

मंगलबार बिहानैदेखि परेको वर्षाको कारण बुटवलका विभिन्न स्थान जलमग्न भएका छन्।

यहाँका बजारक्षेत्र र सडक डुबानमा परेका छन्।

अमरपथ, राजमार्ग चौराह, कालिकानगर, देवीनगर, दीपनगर, सुख्खानगर लगायतका क्षेत्रमा सडकबाटै भल बगेको छ।

मोतिपुर, सेमलार र तिलोत्तमाका कतिपय बस्तीमा घरभित्रै पानी पसेको छ।

रूपन्देहीका तिनाउ, दानव, रोहिणी, कन्चनलगायत खोलामा पनि पानीको बहाव बढेको छ।

पालिकाहरूले स्थानीयवासीलाई सतर्क रहने आग्रह गरेका छन्।

यस्तै बुटवल दोभान सडकखण्ड अवरूद्ध भएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अन्तर्गत सिद्धबाबा मन्दिर नजिकै माथिबाट पानीको ठूलो छहरा झरेकोले सडक अवरूद्ध भएको हो।

 

 

 

साताकाे चर्चित
सम्बन्धित