आँफैले खोलेको ग्राण्डी अस्पताललाई ‘कोल्याप्स’ पार्ने खेलमा रुपज्योती
आँफैले खोलेको ग्राण्डी अस्पताललाई ‘कोल्याप्स’ पार्ने खेलमा रुपज्योती
    • Bell Sanchar

    • १४ असार २०७९, मंगलवार

नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट पहिचान बनाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई ‘कोल्याप्स’ पार्ने खेलमा रुपज्योती समूह लागेको छ । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले विस २०६९ सालमा स्थापना भएको ग्राण्डी अस्पतालमा २५ प्रतिशत शेयर लिएर भित्रिएका रुपज्योतीले अन्ततः ग्राण्डी अस्पताललाई कोल्याप्स पार्ने खेल रचेका छन् ।

अस्पतालको स्थापनाकालमा सञ्चालक समितिका सदस्यका रुपमा रहेका रुपज्योतीले अस्पताललाई थप राम्रो बनाउने आँफै निर्णय गराएर जवरजस्ती अस्पतालको नाममा ६९ करोडको ऋणको बोझ थपिदिएका थिए । उक्त ऋणमध्ये अस्पतालले हालसम्म रु ५१ करोड चुक्ता गरिसकेको छ ।

ज्योती समूह (दाजुभाई)को विवादका बिच काठमाडौँको जमलमा ग्राण्डी सिटि अस्पताल सञ्चालन गरेका रुपज्योतीले आफ्नो २५ प्रतिशत शेयर रहेको ग्राण्डी अस्पताललाई आँफैले निर्णय गराएर दिएको रकमको बाँकी ऋण नतिरेको भन्दै अदालतमा मुद्दा हालेर ग्राण्डीको खातासमेत रोक्का गर्न लगाएका छन् । यसअघि ज्योती स्पिनिङ मिलबाट आफू फाइदा लिएर शेयरहोल्डरलाई डुबाएका रुपज्योतीले ग्राण्डीबाट पनि आफू फाइदा लिने र शेयरहोल्डरलाई डुबाउने योजना बुनेको पाइन्छ । उनले योभन्दा पहिले पनि ग्राण्डीमाथि विभिन्न विषयलाई लिएर मुद्दा हालेका छन् । रुपज्योतीको बानी नै हो विभिन्न व्यक्तिलाई दुःख दिने ।

आफ्ना दाई पद्यज्योती र भतिजो सौरभज्योतीलाई समेत विभिन्न केशमा मुद्धा हालेर दुःख दिइरहेका छन् ।

जनताको स्वास्थ्य संवेदनशीलजस्तो विषयमा रुपज्योतीको यो दादागिरीले अस्पतालमा कार्यरत झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारीहरु मारमा परेका छन् । अदालतमा ग्राण्डीविरुद्ध मुद्दा हालेर खाता रोक्का गर्दा अस्पतालभित्र औषधी किन्ने पैसादेखि डाक्टर, नर्स तथा कर्मचारीले तलबसमेत खान नपाउने अवस्था सिर्जना भएको छ ।

देशको प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार गर्ने थलोमा एक व्यक्तिले बदमास गर्दा दैनिक हजारौँ विरामी समेत समस्यामा परेका छन् । रुपज्योतीले गरेको यस्तो खालको हर्कतप्रति सरोकारवाला निकायहरु गम्भीर बन्नुपर्ने देखिन्छ । साभार माउन्टेन खबरबाट

साताकाे चर्चित
सम्बन्धित