आज धान दिवस, अर्थात असार पन्ध्र
आज धान दिवस, अर्थात असार पन्ध्र
    • Bell Sanchar

    • १५ असार २०७९, बुधबार

आज असार पन्ध्र अर्थात धान दिवस । मानो रोपेर मुरी फलाउने दिन हो । आज सबैले दही, चिउरा र आँप खाएर असार पन्ध्र मनाएका छन्। आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाईने गरिएको छ ।

आज खेतमा धान रोपिन्छ । देशभरि नै आज धान रोपेर दिवस मनाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि धान दिवसको अवसरमा भिडियोमार्फत शुभकामना दिएका छन् ।

नेपालमा २०६२ सालदेखि धान दिवस मनाउँदै आईएको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले ललितपुरको खुमलटारमा किसानले धान रापेको तस्विर कैद गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित