प्रदेश सभा बैठक बोलाउन माग
प्रदेश सभा बैठक बोलाउन माग

बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उहाँले यो संसदीय अभ्यास, विधि कानुन विपरीत भएको जिकिर गर्नुभयो ।

    • Bell Sanchar

    • १५ असार २०७९, बुधबार

गण्डकी,  ः
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताउनुभयो ।

बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९÷८० को बजेट छलफल गरी पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबीच बजेटको भागबण्डामा अलमलिएको नेता गुरुङले आरोप लगाउनुभयो । बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उहाँले यो संसदीय अभ्यास, विधि कानुन विपरीत भएको जिकिर गर्नुभयो । उहाँले समस्याको चाँडो समाधान खोज्नुपर्नेमा समेत जोड दिनुभयो । —

साताकाे चर्चित
सम्बन्धित