सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषण घोषणा गर्ने गरेको छ। त्यसमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक्तिलाई विभूषणद्वारा सरकारले सम्मान गर्ने गरेको छ।
नेपाल राजपत्रमा प्रकाशित विभूषण (पहिलो संशोधन) नियमावली २०७७ अनुसार सरकारले हरेक वर्ष १ सय मानपदवी, ५० अलंकार र ५० पदक वितरण गर्दै आएको छ। यस्तै नेपाल रत्न एक र २ वटा राष्ट्र गौरव पदक वितरण गर्दै आएको छ।