सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ वृद्धि भएको छ ।
यससँगै पेट्रोलको मूल्य १८१ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ ।