माओवादीले नयाँ अर्थमन्त्री नपठाउने, निर्दोष सावित भए शर्मा नै फर्किने’
माओवादीले नयाँ अर्थमन्त्री नपठाउने, निर्दोष सावित भए शर्मा नै फर्किने’
    • बेल संचार

    • २२ असार २०७९, बुधबार

नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका छन्।

अहिले छानविनका लागि मार्गप्रशस्तमात्रै गरको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्रीमा फर्किने दाबी गरे।

संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे।

पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बताए।

अर्थमन्त्रीमाथि छानविन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाइ छ।

उनले छानविन समितिले नै सत्यतथ्य ल्याउने भए पनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ति जनाए।

साताकाे चर्चित
सम्बन्धित