प्रधानमन्त्रीलाई भेटे चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले
प्रधानमन्त्रीलाई भेटे चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले

भेटवार्ताका क्रममा दुई पार्टी र दुई मुलुकबीचको सम्बन्धबारे छलफल भएको थियो।

    • बेल संचार

    • २६ असार २०७९, आईतवार

नेपाल भ्रमणमा रहेका उत्तरी छिमेकी चीनको सत्तारूढ दल चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री देउवालाई भेट्न आफ्नो टोलीसहित जियानचाओ बालुवाटार पुगेका थिए।

भेटवार्ताका क्रममा दुई पार्टी र दुई मुलुकबीचको सम्बन्धबारे छलफल भएको थियो।

जियानचाओले  काठमाडौंमा रहँदा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट गर्ने छन्।

सोमबार उनले माओवादी अध्यक्ष प्रचण्डसँग र मंगलबार बिहान एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यसअघि उनले यी दुबै नेतासँग भर्चुअल कुराकानी गरेका थिए।

गत चैतमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए। उनीपछि नेपाल आउने  जियानचाओ उच्च चिनियाँ अधिकारीहरू हुन्।

केही समयअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओ चार दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

बिहान १० बजेतिर आठ सदस्यीय टोलीको नेतृत्व गर्दै जियानचायो चार्टर्ड जहाजमा काठमाडौं आएका हुन्।

उनी बुधबार स्वदेश फर्कने कार्यक्रम छ

साताकाे चर्चित
सम्बन्धित