काठमाडौं
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा नेपालले नामिबिया विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
अयरमा दिउँसो ३:४५ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर बलिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपाल र नामिबिया पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेका हुन् ।
यो खेलबाट रुपन्देहीका युवा अलराउण्डर वसिर अहमदले एक दिवसीय क्रिकेटमा डेब्यु गर्दै छन् ।