विदुरप्रसाद गौतमको अध्यक्षतामा नेपाल बुद्धिचाल संघको नयाँ कार्यसमिति चयन
विदुरप्रसाद गौतमको अध्यक्षतामा नेपाल बुद्धिचाल संघको नयाँ कार्यसमिति चयन

उपाध्यक्षमा धन बहादुर बोगटी (५९ मत), सुवोधराज शेर्पाली (५५ मत) र  नारायण दास गमाल (५२ मत) ल्याएर विजयी भए।  

    • बेल संचार

    • २८ असार २०७९, मंगलवार

नेपाल बुद्धिचाल संघमा विदुरप्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। गौतम निर्विरोध चयन भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल पनि निर्विरोध चयन भए।

उपाध्यक्षमा धन बहादुर बोगटी (५९ मत), सुवोधराज शेर्पाली (५५ मत) र  नारायण दास गमाल (५२ मत) ल्याएर विजयी भए।

महासचिवमा धरमबहादुर लामा निर्विरोध निर्वाचित हुँदा सचिवमा मोनालिसा खम्बु, भुपेन्द्र निरौला र उमेश केसी निर्विरोध चयन भए।

कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन निर्विरोध सह-कोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध निर्वाचित भए।

सदस्यहरु निर्वाचित भएकाको नाम यस्तो छ :
१. दिपेन राई(प्रदेश-१), निर्विरोध
२. सुरेन्द्र कुमार शाह (मधेस), निर्विरोध
३. निरन्जन प्रजापति(बागमती), निर्विरोध
४. महेश्वर अधिकारी(गण्डकी), निर्विरोध
५. चन्द्रमणी गैरे(लुम्बिनी), निर्विरोध
६. शक्तिराम बुढा(कर्णाली), निर्विरोध
७. गोपाल प्रसाद श्रेष्ठ(सुदुरपश्चिम), निर्विरोध
८. पार्वती श्रेष्ठ (महिला), निर्विरोध

सदस्य खुल्ला: संख्या ३
१. राजिव कार्की: २३
२. मनोज घिमिरे: १७
३. कृष्ण प्रसाद सिग्देल: ४३, विजयी
४. याईसास यासिर खम्बु: २६
५. प्रवीण बहादुर भडेल: ३४, विजयी
६. रामकिशोर सिंह पराग: ३२, विजयी
७. विकास कार्की: २१

 

साताकाे चर्चित
सम्बन्धित