श्रीलंकामा संकटकाल घोषणा गरिएको छ।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार संकटकाल घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ।
मंगलबार राति राष्ट्रपति गोटबाया राजापाक्षे सैनिक जहाजमा माल्दिभ्स भागेपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो।
प्रधानमन्त्री विक्रमासिंघेले हिंसात्मक तरिकाले प्रदर्शन गर्नेहरूलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन्। वेस्टर्न पोभिन्समा कर्फ्यूको पनि घोषणा गरिएको छ।
उनीहरूले प्रधानमन्त्री कार्यालयमा समेत तोडफोड तथा आगजनी गरेका छन्। बुधबार पनि उनीहरूले प्रधानमन्त्री कार्यालय नजिकै प्रदर्शनकारी गरेका छन्।
प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।