लिग टु क्रिकेट : बलिङमै निर्भर नेपालको सफलता
लिग टु क्रिकेट : बलिङमै निर्भर नेपालको सफलता

तर अफ्रिकन राष्ट्र विरुद्धको पहिलो ओडीआई खेलमा नेपाल पराजित भयो ।

    • बेल संचार

    • ३१ असार २०७९, शुक्रबार

काठमाडौं

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराएर ऐतिहासिक उपलब्धि हासिल गर्‍यो । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा स्कटल्याण्ड विरुद्ध पहिलो भेटमै शानदार जित निकालेर नेपालले मनोबल उँचो बनाएको छ ।

यसअघि स्कटल्याण्डसँग चार लिस्ट ए खेल खेल्दा नेपाल सबैमा पारजित भएको थियो ।

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा सोमबार नेपाल नामिबियासँग पराजित भएको थियो । नामिबियासँग नेपालले यसअघि खेलेका चारवटै लिस्ट ए खेल जितेको थियो । तर अफ्रिकन राष्ट्र विरुद्धको पहिलो ओडीआई खेलमा नेपाल पराजित भयो ।

प्रदर्शनमा देखिने लगातारको उचारचढाव नेपाली क्रिकेट टिमको विशेषता हो । विश्वकप लिग टुमा पछिल्लो ३ वर्षयता नेपाली टिमले यही पुष्टि गरेको छ । नेपाली टिमले कुनै खेल हार्दा हार्दै जितको छ त कुनै खेल जित नजिक रहेर पनि गुमाएको छ ।

साताकाे चर्चित
सम्बन्धित