काठमाडौं
सन् २०१९ मे मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको रोडम्यापसहित आईसीसी क्रिकेट विश्वकप लिग टु को घोषणा गरेको थियो ।
जसमा एकदिवसीय वरीयतामा रहेका १४ देखि २० स्थानसम्मका ७ राष्ट्रका टोलीले ३ वर्षको बीचमा कूल ९ त्रिकोणात्मक शृखंला (३६ खेल) खेल्ने गरी शृखंला तय गरिएको थियो । यो प्रतियोगिता नियमित रुपमा आयोजना हुन सकेको भए सन् २०२२ को जनवरीमै सकिने थियो ।
कोरोना महामारीका कारण यो प्रतियोगिता पनि प्रभावित रह्यो । जम्मा २१ शृंखला मध्ये १४औं शृंखला अहिले स्कटल्याण्डमा भइरहेको छ । जहाँ घरेलु टोली स्कटल्याण्डसहित नेपाल र नामिवियाले प्रतिस्पर्धा गरिरहेका छन् ।
शृखंलामा नेपालले दुई खेल खेलेको छ र लिग टु मा आधा अर्थात १८ खेल पूरा गरेको छ । नेपालले जारी शृंखलाको बाँकी दुई खेलका अलावा अझै चारवटा शृंखला खेल्न बाँकी छ ।