श्रीलंकामा पूर्वप्रधानमन्त्री महिन्द राजपक्ष र उनका भाइ पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध
श्रीलंकामा पूर्वप्रधानमन्त्री महिन्द राजपक्ष र उनका भाइ पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

राष्ट्रपति राजपक्ष भागेर माल्दिभ्स पुगेपछि यसै साता उनी कार्यवाहक राष्ट्रपति बनेको घोषणा गरिएको थियो।

    • बेल संचार

    • ३२ असार २०७९, शनिबार

श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्द्रा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो ।

यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उहाँहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ। अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्ड काब्राल र अरु केही व्यक्तिहरूलाई पनि देश छाडेर जान निषेध गरेको छ।

अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक संकट उत्पन्न हुनुमा जिम्मेबार रहेको लगायतका आरोप लगाउदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ।

श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि आम नागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिन बाध्य हुनु परेको थियो।

त्यही प्रदर्शन चर्किदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्ष देश छोडेर भागेका छन्। उनले विदेशमै रहेको बेला राजीनामा दिएका छन्।

गोटाबाय राजपक्षले बिहीवार सिंगापुर पुगेर राजीनामापत्र पठाएका थिए। शुक्रबार प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपतिको शपथ दिलाइएको छ।

राष्ट्रपति राजपक्ष भागेर माल्दिभ्स पुगेपछि यसै साता उनी कार्यवाहक राष्ट्रपति बनेको घोषणा गरिएको थियो।

आगामी साता नयाँ राष्ट्रपति चयन गरिने सभामुख महिन्द यप अबेवर्दनले बताएका छन्।

विक्रमसिंघेको पार्टी एसएलपीपीले उनलाई राष्ट्रपति पदको उम्मेदवारका रूपमा मनोनयन गरेको छ।

राष्ट्रपति राजापक्षको राजीनामा आएको समाचारपश्चात् सयौं मानिसहरूले रातिनै र्‍याली निकालेर उत्सव मनाएका थिए।

साताकाे चर्चित
सम्बन्धित