‘आचार्य’ फ्लप भएपछि चिरञ्जीवी र रामचरणले फिर्ता गरे आधा पारिश्रमिक
‘आचार्य’ फ्लप भएपछि चिरञ्जीवी र रामचरणले फिर्ता गरे आधा पारिश्रमिक

बाबुछोराको जोडी चिरञ्जीवी र राम चरणको फिल्म ‘आचार्य’ प्रदर्शन हुनुभन्दा अगाडि निकै चर्चा थियो। यो फिल्म चल्छ भन्ने फिल्मकर्मीहरूको विश्वास थियो।

    • बेल संचार

    • २ श्रावण २०७९, सोमबार

बलिउडमा एकपछि अर्काे फिल्म बक्स अफिसमा फ्लप भइरहेको छ। फिल्म फ्लप हुँदा पनि बलिउड कलाकारहरू आफ्नो पारिश्रमिक घटाएका छैनन्। बलिउडमा फिल्म फ्लप भयो भने निर्माता र वितरकलाई मात्र नोक्सान हुन्छ। बलिउड कलाकारहरू फिल्म नचलेपछि त्यसको जिम्मेवारी उठाउन चाहँदैनन्। तर दक्षिण भारतीय कलाकारहरू फिल्म नचलेपछि आफ्नो जिम्मेवारीबाट पछि हट्दैनन्।

भारतीय सञ्चारमाध्यम जी-न्युजका अनुसार अप्रिलमा प्रदर्शन भएको ठूलो बजेटको फिल्म ‘आचार्य’ का कलाकार चिरञ्जीवी र राम चरणले निर्मातालाई आफ्नो आधा पारिश्रमिक फिर्ता गरेका छन्। त्यस्तै निर्देशक कोरातला सिवाले पनि आफ्नो ५० प्रतिशत पारिश्रमिक फिर्ता गरेका छन्।

बाबुछोराको जोडी चिरञ्जीवी र राम चरणको फिल्म ‘आचार्य’ प्रदर्शन हुनुभन्दा अगाडि निकै चर्चा थियो। यो फिल्म चल्छ भन्ने फिल्मकर्मीहरूको विश्वास थियो। यहाँसम्म कि वितरकहरूले ‘आउटराइट’ सम्झौताका साथ महँगो रकममा फिल्म किनेका थिए। वितरकले फिल्मबाट भएको नाफा निर्मातासँग सेयर नगर्ने र फिल्मबाट भएको नोक्सान आफैले व्योहोर्ने गरी फिल्म किनेका हुन्। तर फिल्मलाई दर्शकले मन पराएनन्।

फिल्म फ्लप भएपछि वितरकहरू निर्माता निर्देशकसँग आफ्नो गुनासो पोख्न पुगे। वितरकलाई नोक्सानीको भरपाई गर्ने बताउँदै निर्देशक कोरातला सिवाले आफ्नो आधा पारिश्रमिक निर्माता निरञ्जर रेड्डीलाई फिर्ता गरेका थिए।

निर्देशकले फिल्मको नोक्सान भरपाई गर्न आफ्नो सम्पत्ति बेच्ने निर्णय समेत गरेका थिए। यो कुरा चिरञ्जीवी र रामचरणले थाहा पाएपछि उनीहरूले पनि आफ्नो आधा पारिश्रमिक फिर्ता गरेका हुन्।

१४० करोड भारूमा बनेको फिल्मले विश्वव्यापी रुपमा ४५ करोड २८ लाख कमाएको हो।

साताकाे चर्चित
सम्बन्धित