सत्तारूढ दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाको बैठक बहिस्कार गरेकाे छ।
अघिल्लो सरकारले गरेका कामहरू कटौती गरेको भन्दै माओवादी केन्द्रले विरोध जनाएकाे हाे।
सरकार र प्रदेशसभामा आफ्नो दलको कामलाई पूर्ण रूपमा असहयोग गरेको पाइएको भन्दै माओवादीले विरोध जनाएको प्रदेशसभा सदस्य गोपाल शर्माले बताए।
घाइते, अपांगता भएकालाई जीवन निर्वाह व्यवस्था, अर्थ तथा प्राकृतिक स्रोत साधन समितिलाई पूर्णता दिने काम समेत बीचमै अलपत्र पारिएको उनको आरोप छ।
सरकार र सदनमा माओवादीलाई निषेध गर्न खोजिएका कारण आफूहरू सदनमा सहभागी हुन नसक्ने उनले बताए।
सरकार र सदनमा समेत नियमविपरीत भइरहेको भन्दै उनले कांग्रेस एक्लै हिँड्न खोजेको आरोप लगाए।
आधा घण्टाका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको छ।