अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ।
ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले राष्ट्रपति वाइडेनलाई कोरोना संक्रमण भएको पुष्टी गरेकी हुन्।
प्रवक्ता पियरेका अनुसार ७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ।
कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा आइसोलेसनमा छन्।
राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने ह्वाइट हाउसले जनाएको छ। यद्यपि उनले टेलिफोन र जुममार्फत बैठकहरूमा भाग लिनेछन्।
उनले एन्टिभाइरल औषधि प्याक्सलोभिड खाइरहेका छन्।
राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको बुस्टर डोज समेत लगाइसकेका छन्।
यस्तै राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।