अश्लिलता फैलाएको भन्दै रणवीर सिंहविरूद्ध मुद्दा दर्ता
अश्लिलता फैलाएको भन्दै रणवीर सिंहविरूद्ध मुद्दा दर्ता

यसै क्रममा यी तस्बिरहरूलाई आपत्तिजनक मान्दै दुई युवाले मुम्बईको चेम्बुरमा रणवीर सिंहविरुद्ध उजुरी दर्ता गरेका छन्।

    • बेल संचार

    • १२ श्रावण २०७९, बिहीबार

अश्लिलता फैलाएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

एकभन्दा बढी हिट फिल्ममा काम गरिसकेका रणवीर सिंहले हालै आफ्नो सामाजिक सञ्जालमार्फत केही नग्न तस्बिर शेयर गरेका छन्।

अमेरिकी पत्रिका ‘पेपर’ का लागि लिइएको उक्त तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएसँगै मानिसहरूले विभिन्न किसिमका प्रतिक्रिया जनाइरहेका छन्।

यसै क्रममा यी तस्बिरहरूलाई आपत्तिजनक मान्दै दुई युवाले मुम्बईको चेम्बुरमा रणवीर सिंहविरुद्ध उजुरी दर्ता गरेका छन्।

जसमध्ये एक जना महिला र अर्का एक एनजीओमा आवद्ध व्यक्ति छन्।

उजुरीकर्ताका वकिल अखिलेश चौबेका अनुसार रणवीर सिंहको नग्न तस्बिरले महिलाको भावना र मर्यादामाथि चोट पुर्‍याएको आरोप लगाएका छन्।

बलिउड स्टारहरूमा यस्ता घटना नयाँ होइनन्। मोडलिङ जगतबाट आएका मिलिन्द सोमन र पूनम पाण्डे जस्ता कलाकारले पनि यस्ता घटनाको सामना गरिरहेका छन्।

नग्न फोटोग्राफी कसैको लागि रचनात्मक हिसाबले कला प्रस्तुत गर्ने तरिका हो भने कसै कसैले यसलाई अश्लील मान्छन्। त्यसैले बेलाबेलामा यो बहसको विषय बन्दै आएको छ।

साताकाे चर्चित
सम्बन्धित