पुष्पा २ मा अल्लु अर्जुनको लुक्स लिक!
पुष्पा २ मा अल्लु अर्जुनको लुक्स लिक!

पाँच भाषामा रिलिज भएको फिल्मले हिन्दी बेल्टमा मात्र १ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा इतिहास रच्यो।

    • Bell Sanchar

    • १५ श्रावण २०७९, आईतवार

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनायो।

पाँच भाषामा रिलिज भएको फिल्मले हिन्दी बेल्टमा मात्र १ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा इतिहास रच्यो। ‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार बनायो।

यसको दोस्रो भाग यसै वर्षभित्र रिलिज गर्ने गरी निर्माण पक्षले तयारी गरेको छ। बलिउड प्रशंसकलाई ध्यानमा राखेर यसको स्कृप्ट परिवर्तन गरिएको निर्माण पक्षले बताइसकेको छ।

यसैबीच अल्लु अर्जुन सामाजिक सञ्जालमा निकै सक्रिय छन्। उनले सामाजिक सञ्जालमा आफ्नो ग्रे लुक देखाएका छन्। तस्बिरमा फिल्म स्टार निकै ड्यासिङ देखिएका छन्। सेयर गरिएको उक्त तस्बिरमा शर्ट र छालाको ज्याकेट लगाएका अभिनेता अल्लु अर्जुन हातमा चुरोट समातेर धुम्रपान गरिरहेको देखिन्छन्।

कालो चस्मा र कुण्डल लगाएका उनको लुक्सले पुष्पाको चरित्रको सम्झना दिलाउँछ। यो तस्बिर सार्वजनिक भएसँगै फ्यानहरुले यसलाई पुष्पा २ को लुक भएको दाबी गरिरहेका छन्।

यद्यपि ‘पुष्पा २’ अहिले प्रि–प्रोडक्सन चरणमा छ। यो फिल्म अहिलेसम्म फ्लोरमा पुगेको छैन। आगामी अगस्ट वा सेप्टेम्बरमा मात्रै फिल्म फ्लोरमा जाने निर्माण पक्षले बताएको छ।

यसअघि पनि फिल्मको रिलिज अगावै कहानी लिक भएको दाबी गरिएको थियो। जसमा नायिका श्रीवल्लीको मृत्यु हुने बताइएको छ। त्यसयता सामाजिक सञ्जालमा यसबारे निकै चर्चा चलिरहेको छ। फिल्मका खलनायक फहाद फासिलले श्रीवल्लीलाई मार्नेछन्। तर यसको औपचारिक पुष्टि अहिलेसम्म नभएको बलिउड लाइफले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित