एसिया कप : भारत र पाकिस्तान अगस्ट २८ मा भिड्ने
एसिया कप : भारत र पाकिस्तान अगस्ट २८ मा भिड्ने

एसिया कप पछिल्लो पटक २०१८ मा भएको थियो। यसपटक टी-२० फर्म्याटमा खेलाइने छ, जहाँ ९ टोलीको सहभागिता रहनेछ।

    • बेल संचार

    • १८ श्रावण २०७९, बुधबार

१५ औं संस्करणको एसिया कपको खेल तालिका सार्वजनिक गरिएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलंकाले अफगानिस्तानसँग २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको आयोजक श्रीलंका नै भए पनि खेलहरू भने युएईमा हुँदैछन्।

भारत र पाकिस्तानबीच २८ अगस्ट दुबईमा भिडन्त हुनेछ।फाइनल सेप्टेम्बर ११ मा खेलिने तय छ।

एसिया कप पछिल्लो पटक २०१८ मा भएको थियो। यसपटक टी-२० फर्म्याटमा खेलाइने छ, जहाँ ९ टोलीको सहभागिता रहनेछ।

यूएई, कुवेत, सिंगापुर र हङकङले छनोट चरणमा भिड्नेछन्। विजेताले भारत र पाकिस्तान सम्मिलित समूह ‘ए’ मा स्थान बनाउनेछ।

प्रतियोगितामा दुई समूहमा विभाजन गरी ६ टोली सहभागी हुनेछन्। भारत, पाकिस्तान र छनोट चरणको विजेता समूह ‘ए’ मा छन्। श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा छन्।

समूहका शीर्ष दुई टोली सुपर-४ राउन्डका लागि छनोट हुन्छन्। सुपर-४ मा टिमहरुले फाइनलअघि फेरि एकअर्कासँग खेल्छन्। शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्।

समूह ए:
भारत विरुद्ध पाकिस्तान : २८ अगस्ट, दुबई
भारत विरुद्ध छनोट विजेता : ३१ अगस्ट, दुबई
पाकिस्तान विरुद्ध छनोट विजेता : २ सेप्टेम्बर, शारजाह

समूह बी:
श्रीलंका विरुद्ध अफगानिस्तान: २७ अगस्ट, दुबई
बंगलादेश विरुद्ध अफगानिस्तान : ३० अगस्ट, शारजाह
श्रीलंका विरुद्ध बंगलादेश  : १ सेप्टेम्बर, दुबई

साताकाे चर्चित
सम्बन्धित