हिंसा चर्कियो, कम्तिमा २४ जनाको मृत्यु ,इजरायलमा एक वर्षपछि पुन
हिंसा चर्कियो, कम्तिमा २४ जनाको मृत्यु ,इजरायलमा एक वर्षपछि पुन

तर त्यसको एक वर्ष पछि पुनः हिंसा सुरू भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

    • बेल संचार

    • २२ श्रावण २०७९, आईतवार

इजरायलमा एक वर्षपछि पुनः हिंशा भड्किएको छ।

सन् २०२१ को मे महिनामा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएपछि युद्धविराम सम्झौता गरेर युद्ध रोकिएको थियो।

तर त्यसको एक वर्ष पछि पुनः हिंसा सुरू भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

पछिल्लो समय गाजामा चर्किएको हिंसामा मृत्यु हुनेको संख्या २४ पुगेको छ। गाजा स्ट्रिपमा भएको इजरायली आक्रमणमा उनीहरु मारिएका हुन्। मृत्यु हुनेमा ६ जना बालबालिका छन्।  इजरायलले प्यालेस्टिनी अतिवादीविरुद्ध बमबारी विस्तार गरेको जनाएको छ।

शुक्रबारदेखि इजरायलमा करिब ३०० प्यालेस्टिनी रकेट र मोर्टारहरू प्रहार गरिएको इजरायली अधिकारीले बताएका छन् ।

शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका १९ जना सदस्यलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई वेस्ट ब्यांकमा छापा मारेर पक्राउ गरिएको बीबीसीले जनाएको छ।

यता इजरायलले गाजाबाट रातभरि इजरेलतर्फ दर्जनौं क्षेप्यास्त्रहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई रोकिएको इजरायली सेनाले बताएको छ।

इजरायलले प्यालेस्टिनी इस्लामिक जिहाद लडाकु समूहका एक वरिष्ठ कमाण्डरलाई शुक्रबार मारेपछि लडाई सुरू भएको हो।

इजरायली सेनाले ‘ब्रेकिङ डन’ नाम दिइएको यस कारबाही एक सातासम्म चल्नसक्ने चेतावनी दिएको छ।

साताकाे चर्चित
सम्बन्धित