भारतले अन्तिम खेलअघि नै जित्यो टी-२० सिरिज
भारतले अन्तिम खेलअघि नै जित्यो टी-२० सिरिज

उसका लागि कप्तान निकोलास पूरान र रोभ्मान पावेलले २४-२४ रन जोडे। 

    • Bell Sanchar

    • २२ श्रावण २०७९, आईतवार

भारतले वेस्ट इन्डिजविरूद्धको पाँच खेलको टी-२० सिरिज अन्तिम खेलअघि नै जितेको छ।

शनिबार राति सकिएको चौथो टी-२० खेलमा घरेलु टिम वेस्ट इन्डिजलाई ५९ रनले पराजित गर्दै भारतले सिरिजमा ३-१ को अग्रता लिएको हो।

पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा १९१ रन जोड्यो। उसका लागि रिशव पन्तले ४४ रन र  कप्तान रोहित शर्माले ३३ रन जोडे। सूर्यकुमार यादवले २४ रन, दिपक हुडाले २१ रन र सन्जु सामसनले नटआउट ३० रन जोडे।

बलिङमा वेस्ट इन्डिजका ओबेड म्यककोए र अल्जारी जोसेफले २-२ विकेट लिए।

१९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल खेल्न बाँकी छदा १३२ रनमै अलआउट भयो। उसका लागि कप्तान निकोलास पूरान र रोभ्मान पावेलले २४-२४ रन जोडे।

बलिङमा प्लेयर अफ दि म्याच भारतका आभेस खानले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए। अर्शदिप सिंहले ३ विकेट लिँदा अक्षर पटेल र रवि बिश्नोइले २-२ विकेट हात पारे।

साताकाे चर्चित
सम्बन्धित