मेसी र नेयमार चम्कदा पिएसजीको सानदार सुरूआत
मेसी र नेयमार चम्कदा पिएसजीको सानदार सुरूआत

गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

    • Bell Sanchar

    • २२ श्रावण २०७९, आईतवार

लियोनल मेसी र नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा सानदार सुरुआत गरेको छ।

नयाँ सिजनको फ्रेन्च लि वानमा क्लेरमन्ट फुटमाथि ५–० को सानदार जितसहित पिएसजीले नयाँ सिजनमा उत्कृष्ट सुरूवात गरेको हो। पिएसजीको जितमा मेसीले दुई गोल र एक असिस्ट तथा नेयमारले तीन असिस्टसँगै एक गोल गरेका थिए। थप दुई गोल अचरफ हाकिमी र कप्तान मार्किन्हसले गरे।

गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको नवौं मिनेटमा नेयमारले मेसीको पासमा गोल गर्दै सुरूआती अग्रता दिलाए। यस्तै २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे।

३८औं मिनेटमा नेयमारकै पासमा कप्तान मार्किन्हसले गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो।

दोस्रो हाफको दुवै गोल मेसीले गरे। उनले ८०औं मिनेटमा नेयमारको ह्याट्रिक असिस्टमा गोल गरेपछि पिएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८६ औं मिनेटमा लियान्द्रो ड्यानियल पारेडेसको पासमा मेसीले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए।

यो जितसँगै पिएसजीले नयाँ सिजनमा ३ अंक जोडेको छ।

साताकाे चर्चित
सम्बन्धित