जोखिम लिएर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य   
जोखिम लिएर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य   

विद्यार्थी र बटुवाको यस्तो बाध्यतालाई मध्यनजर गरी खाम्लाका स्थानीय युवाले श्रमदान गरेर पैदलमार्ग निर्माण गरिदिएपछि विद्यार्थी र बटुवाले जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता हटेको हो ।   

    • Bell Sanchar

    • २४ श्रावण २०७९, मंगलवार

गलेश्वर,
वर्षाको समय पानी परेर चिप्लो भएको भीरको बाटो । बुट्यान र लहरालाई समाउँदै भीर पहराको बाटो छिचोलेर विद्यालय आउजाउ गर्न बाध्य म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको खाम्लाका विद्यार्थी अब भने सजिलो बाटो हिँडेर विद्यालय जान र घर फर्किन पाउने भएका छन् ।

विद्यार्थी र बटुवाको यस्तो बाध्यतालाई मध्यनजर गरी खाम्लाका स्थानीय युवाले श्रमदान गरेर पैदलमार्ग निर्माण गरिदिएपछि विद्यार्थी र बटुवाले जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता हटेको हो ।

बर्खाको समयमा विद्यार्थीले जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता भएपछि स्थानीय खाम्ला युवा क्लबको पहलमा चार दिनसम्म श्रमदान गरेर पैदलमार्ग निर्माण तथा मर्मत गरिएको स्थानीय केशरी शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार ज्यानकै बाजी राखेर विद्यार्थी दैनिक विद्यालयमा आवतजावत गर्नुपर्ने बाध्यता भएपछि सामूहिक श्रमदान गरी बिहीबार पैदलमार्ग निर्माण तथा मर्मत गरेपछि अहिले विद्यार्थी र बटुवा सजिलो बाटो सुरक्षित तरिकाले आउजाउ गर्न पाएका छन् ।

सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिले पदमार्ग निर्माण तथा मर्मतमा चासो नदेखाएपछि युवा क्लबले आफैँले पदमार्ग निर्माण तथा मर्मत गरी सुरक्षित बनाएपछि बालबालिका र बटुवालाई सहज भएको छ । लगातार पानी पर्दा दैनिकजसो जोखिम मोलेर कलिला बालबालिका आवतजावत गर्नुपर्ने बाध्यता रहेको सो पदमार्ग निर्माण र मर्मतका लागि आगामी दिनमा वडा र अन्य निकायबाट नै पहल हुनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।—

साताकाे चर्चित
सम्बन्धित