कृषि क्याम्पस प्रमुखलाई बर्खास्त गर्न नेविसंघको माग
कृषि क्याम्पस प्रमुखलाई बर्खास्त गर्न नेविसंघको माग

क्याम्पस प्रमुख सुवेदीकै निर्देशनमा नेविसंघ नेताहरूमाथि आक्रमण भएको आरोप नेविसंघ त्रिवि समितिको छ।

    • Bell Sanchar

    • २५ श्रावण २०७९, बुधबार

पाल विद्यार्थी संघले कृषि क्याम्पस रामपुर चितवनका प्रमुखलाई बर्खास्त गर्न माग गरेको छ।

नेविसंघ त्रिवि समितिले आज उपकुलपति कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै क्याम्पस प्रमुख मिलन सुवेदीलाई बर्खास्त गर्न माग गरेका हुन्।

गत साउन २२ मा रामपुर क्याम्पसमा अनसनरत नेविसंघका सुरज यादव र आशिष देवकोटामाथि कुटपिट भएको थियो।

क्याम्पस प्रमुख सुवेदीकै निर्देशनमा नेविसंघ नेताहरूमाथि आक्रमण भएको आरोप नेविसंघ त्रिवि समितिको छ।

घटनाको विरोधमा खैरेनी प्रहरी चौकी चितवनमा नेविसंघले धर्ना दिएको थियो। तर अहिलेसम्म कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छैन।

रामपुर क्याम्पसका प्रमुखलाई बर्खास्त गरी सत्यतथ्य छानबिन गर्न पनि नेविसंघले माग गरेको छ। नेविसंघ नेता प्रेमिका राना मगरले कुटपिटमा संलग्नको पहिचान गरी कडा कारबाही गर्नुपर्ने बताइन्।

 

साताकाे चर्चित
सम्बन्धित